शनिबार, साउन २, २०८३

दक्षिण कोरियामा दैनिक झन्डै पाँच लाख नयाँ संक्रमित

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

सउल- दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झन्डै पाँच लाख नयाँ संक्रमित हुन थालेका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन्। 

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरुको संख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ। कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ संक्रमित थपिएका थिए। 

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण संक्रमितहरुको संख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ। नयाँ संक्रमित मध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन्।  

संक्रमित भएका मध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। यो संख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाई छ। पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या १३ हजार ४३२ पुगेको छ।  सिन्ह्वा

प्रकाशित: Mar 23, 2022| 14:31 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।