शुक्रबार, फागुन २२, २०८२

अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामिक देशहरुसमक्ष अफगानिस्तानलाई सहयोग गर्न आह्वान गरेका छन्। ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ ओइसीको विदेश मन्त्रीहरुको ४८औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका चुनौति र समस्याका बारेमा अध्ययन गर्न समेत आग्रह गरे।

National life

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन्।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ।

त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्वन्द्वपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरुको कर्तव्य पनि भएको बताए।

उनले अगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरुलाई हटाउन र त्यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरु लाग्नका लागि पनि आग्रह गरेका थिए। गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट बढेको बताइएको छ।    सिन्ह्वा

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2022| 12:09 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।