बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन युद्ध : मारियुपोलमा अझै एक लाख मानिस अलपत्र, न खाना छ न पानी

रुस-युक्रेन युद्ध : मारियुपोलमा अझै एक लाख मानिस अलपत्र, न खाना छ न पानी

युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारियुपोलमा रुसी आक्रमणका बीच एक लाख मानिस फसेको बताएका छन्।
 |  बुधबार, चैत ९, २०७८

बीबीसी

बीबीसी

बुधबार, चैत ९, २०७८

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारियुपोलमा रुसी आक्रमणका बीच एक लाख मानिस फसेको बताएका छन्।

National life

'अहिले पनि सहरमा रुसी अमानवीय हर्कतका कारण करिब एक लाख मानिस फसेका छन्। त्यहाँ रुसी सेनाले घेराबन्दी गरेको छ। त्यहाँ न मानिससँग खाना छ, न पानी। औषधि पनि छैन। त्यहाँ लगातार बमबारी भइरहेको छ,' जेलेन्स्कीले फेसबुकमा लेखेका छन्।

रुसको बमबारीका कारण मानिसहरूले त्यहाँबाट कतै जान नसकेको उनले बताएका छन्। मंगलबार मानवीय राहतका कार्यक्रम ल्याएर आएका केही मानिसलाई रुसी सैनिकले गिरफ्तार गरेको जेलेन्स्कीले बताएका छन्। उनले त्यसरी गिरफ्तार हुनेमा युक्रेनी सरकारी कर्मचारी र बस चालक रहेको बताएका छन्।

उनले यस्तो असहजताका बीच पनि मंगलबार मुरियुपोलबाट ७ हजार २६ जनाको उद्धार गरिएको दाबी गरेका छन्। जेलेन्स्कीले दुई हप्तामा युक्रेनलाई करिब एक लाख टन राहत सामग्री प्राप्त भएको बताएका छन्।

जेलेन्स्कीले मंगलबार इसाई धर्मगुरु पोप फ्रान्सिससँग कुरा भएको र उनलाई युक्रेन आउनका लागि निमन्त्रणा दिएको बताएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2022| 07:57 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।