लन्डन- पछिल्लो समय युरोपमा कोरोना संक्रमितहरुको संख्या उकालो लाग्दै गएको छ। जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड-१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासी हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ।
विश्व स्वास्थ्य संगठनले मंगलबार बताएअनुसार युरोपमा कोभिड सङ्क्रमणका घटनाहरु बढेको पाइएको छ। डब्लूएचओ युरोपका निर्देशक हान्स क्लुगेले मोल्डोभामा पत्रकार सम्मेलनमा उल्लेख गरेअनुसार युरोपमा महामारीको बढेको छ तर नियन्त्रण गर्न सकिने आशा छ।
पछिल्लो सात दिनको अवधिमा युरोपमा ५.१ मिलियन नयाँ संक्रमितहरु फेला परेको र १२ हजार ४९६ जनाको मृत्यु भएको डब्लूएचओ युरोपले जनाएको छ।