शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाका पेट्रोल पम्पमा सेना परिचालन, इन्धन भर्न घण्टौं लाइन

श्रीलंकाका पेट्रोल पम्पमा सेना परिचालन, इन्धन भर्न घण्टौं लाइन

श्रीलंकामा विदेशी मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएका कारण त्यहाँका २ करोड २० लाख जनताको जीवनस्तर कष्टकर बन्दै गएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– श्रीलंकामा विदेशी मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएका कारण त्यहाँका २ करोड २० लाख जनताको जीवनस्तर कष्टकर बन्दै गएको छ।

दैनिक उपभोग्य सामान किन्न मानिसहरू घण्टौं लाममा लाग्न बाध्य भएका छन्। पेट्रोल पम्पहरूमा अत्यधिक भीड बढेपछि सेना परिचालन गरिएको छ।

श्रीलंकाली सेनाका प्रवक्ता निलन्ठ प्रेमरत्नालाई उद्धृत गर्दै डेली मिररले जनाएअनुसार प्रत्येक पेट्रोल पम्पमा दुई जना सैनिक खटाइएको छ। पेट्रोल पम्पमा खटिने सेनाले वितरणको अनुगमन गर्नेछ।

पछिल्ला चार सातायता इन्धन किन्नका लागि मानिसहरू घण्टौं पर्खन बाध्य छन्। आइतबार इन्धनका लागि पालो पर्खिरहेका दुई जनाको अचानक ढलेर मृत्यु भएको थियो। कतिपय सामग्रीको अभाव भएपछि श्रीलंका सरकारले कोटा निर्धारण गरेको छ। 

श्रीलंकाली मुद्रा (रुपी) इतिहासकै कमजोर भएको छ। मंगलबार १ अमेरिकी डलरको भाउ २७५ श्रीलंकन रुपी पुगेको छ। कोरोना भाइरसको महामारीसँगै ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र गहिरो संकटमा फसेको छ।

इतिहासकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा विद्यार्थीको परीक्षासमेत गर्न नसकेको समाचार सार्वजनिक भएको छ।

प्रकाशित: Mar 22, 2022| 13:14 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।