शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसले युक्रेनमा जैविक-रासायनिक हतियार प्रयोग गर्न खोज्दैछ : बाइडेन

रुसले युक्रेनमा जैविक-रासायनिक हतियार प्रयोग गर्न खोज्दैछ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। त्यसैको तयारीस्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेको झुटो खबर फैलाएको उनको भनाइ छ।

जारी युद्धमा युक्रेनी सेनाको चर्को प्रतिरोध तथा पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन भित्तामा पुगेको भन्दै बाइडेनले अब उनले झनै चर्का कारबाही गर्न सक्ने बताएका छन्।

उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए। यसबाट रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको प्रस्ट संकेत मिलेको बाइडेनको भनाइ छ। पछिल्लो २६ दिनदेखि रुस र युक्रेनबीच युद्ध जारी छ।

उनले भनेका छन्, अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुट हो। युक्रेनमा पनि त्यस्ता अस्त्र छैनन्। बरु पुटिन जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न खोज्दैछन्।
अमेरिकाका अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडेनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी भइरहेको पनि बताएका छन्। त्यस्ता हमला रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले हरकिसिमको प्रयास गर्ने पनि उनले स्पष्ट पारेका छन्।

यसअघि बाइडेनले पुटिनलाई युद्ध अपराधी भनेपछि वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिएको थियो।

प्रकाशित: Mar 22, 2022| 07:53 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।