सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको राजधानीमा रहेको एक सपिङ सेन्टरमा रुसी सेनाको आक्रमण, ८ जनाको मृत्यु

युक्रेनको राजधानीमा रहेको एक सपिङ सेन्टरमा रुसी सेनाको आक्रमण, ८ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेको एक सपिङ सेन्टरमा आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तिमा पनि ८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

किभ- रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेको एक सपिङ सेन्टरमा आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तिमा पनि ८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन्। 

National life

रुसी सेनाले सोमबार दिउँसो राजधानी किभको पोडिलस्की जिल्लामा रहेको सपिङ सेन्टरमा आक्रमण गरेका हुन्। युक्रेनको आपतकालीन सेवाले सार्वजनिक गरेको एक भिडियोमा आक्रमण गरिएको सपिङ सेन्टरबाट ठूलो आगोको ज्वाला निस्किरहेको देखाएको थियो। 

विस्फोटको धक्का नजिकै रहेको अर्को भवनमा भएको बीबीसीले जनाएको छ। घटनालगत्तै दमकलहरुले आगो निभाउने र उक्त क्षेत्रमा फसेकाहरुलाई बाहिर निकाल्ने प्रयास गरिरहेको भिडियोमा देखाइएको छ। 

आक्रमणको घण्टौंसम्म पनि १० तले उक्त सपिङ सेन्टरका केही तलाहरुबाट आगोको बलिरहेको देखिएको थियो। 

रुसले २४ फेब्रुअरीदेखि युक्रेनका विभिन्‍न ठाउँहरुमा लगातार आक्रमण गरिरहेको छ। रुसी आक्रमणका कारण हजारौं मानिसहरुको मृत्यु भइसकेको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन्। 

kumari

प्रकाशित: Mar 21, 2022| 19:05 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।