काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी शुक्रबार पोल्याण्ड जाने भएका छन्। नेटो तथा युरोपियन युनियनका सहयोगी देशहरुसँग छलफल गर्न बाइडेन पोल्याण्ड जान लागेका हुन्।
बीबीसीका अनुसार बाइडेनले वारसामा युक्रेनमा जारी युद्धले निम्त्याएको मानवीय संकटका बारेमा पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डूडासँग छलफल गर्नेछन्।
आज बाइडेनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्रेगी र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ।
त्यसैगरी बुधबार बाइडेन नेटो तथा युरोपियन काउन्सिलको शिखर सम्मेलनमा भाग लिन ब्रसेल्स जाँदैछन्। त्यहाँ उनले जी–सेभेनको बैठक पनि राख्नेछन्। आफ्नो यात्राको दौरान युक्रेन पुग्ने योजना भने बाइडेनको छैन।