बुधबार, पुस ३०, २०८२

वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको आक्रमणलाई निस्तेज पार्नका लागि भइरहेको प्रयास असफल भएपछि तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन्।
 |  सोमबार, चैत ७, २०७८

बीबीसी

बीबीसी

सोमबार, चैत ७, २०७८

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको आक्रमणलाई निस्तेज पार्नका लागि भइरहेको प्रयास असफल भएपछि तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन्। उनले आफू रुससँग वार्ताका लागि तयार रहेको दोहोर्‍याउँदै उक्त चेतावनी दिएका हुन्।

National life

रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनको चेतावनी छ। आइतबार अमेरिकी न्यूज च्यानल सीएनएनसँग कुरा गर्दै जेलेस्कीले वार्ता नै युद्ध समाप्त गर्ने एक मात्र सुत्र भएको बताएका छन्।

‘म पुटिनसँग वार्ताका लागि तयार छु। दुई वर्षयता त्यसका लागि तयार नै थिएँ। मलाई लाग्छ, हामीले वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं,’ उनले भनेका छन्।

सहमतिका लागि उनले कुनै पनि ढाँचा अवलम्बन गर्न सकिने बताएका छन्। जेलेन्स्कीले युद्धको अन्त्य तथा युक्रेनको सुरक्षा सार्वभौमिकताको प्रत्याभूतिका लागि वार्ता मुख्य प्राथमिकता भएको बताएका छन्।

यसका साथै उनले नेटोको सदस्यका रुपमा आफूहरूलाई गठबन्धनमा सामेल गर्न चाहे तुरुन्त गर्न उनले आग्रह गरेका छन्। दिनहुँ आफ्ना जनताको ज्यान गइरहेको प्रति चिन्ता व्यक्ति गर्दै उनले उक्त कुरा बताएका हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 21, 2022| 07:50 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।