शुक्रबार, फागुन २२, २०८२

युद्धग्रस्त यमन खाना पकाउने ग्यासको अभाव

युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ। बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्यासको अभावका कारण लामो लाइन देखिने गरेको छ। ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

यमन- खाना पकाउने ग्यासको अभाव यमनका विभिन्न क्षेत्रहरूमा गम्भीर समस्याका रूपमा देखिएको छ।

National life

युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ। बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्यासको अभावका कारण लामो लाइन देखिने गरेको छ। ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन्। 

अधिकारीहरूले सिन्ह्वासँग ग्यासको अभाव निरन्तर फैलिरहेको र अन्तरराष्ट्रिय तवरमा मान्यता प्राप्त यमन सरकारको नियन्त्रणमा रहेका नयाँ क्षेत्रहरू समावेश भएको बताएका छन्। 

यमनको अस्थायी राजधानी एडेनको दक्षिणी बन्दरगाह शहरमा धेरै मानिसहरू आफ्नो खाना पकाउने ग्याँस सिलिन्डर भर्न दैनिक इन्धन पम्पहरूमा पर्खिरहेका देखिन्छन्।  एडेनमा बसोबास गर्ने अहमद जलालले सिन्ह्वासँग भने, 'हरेक पटक, मैले खाना पकाउने ग्याँस सिलिन्डर नभरेसम्म लाइनमा उभिएर धेरै घण्टा बिताउँथे र ग्यास मलाई चाहिने भन्दा धेरै कम पाएको छु।'

जलालले दुःखेसो पोख्दै भने, 'मेरो परिवारलाई पूरै महिनाभरि खाना पकाउन कम्तीमा पनि चारवटा ग्यास सिलिन्डर चाहिन्छ। खाना पकाउने ग्यासअभावका कारण कोटा सीमित छ।'

Laxmi sunrise bank
kumari

रूस–यूक्रेनबीच चलिरहेको युद्धको कारण स्थानीय बजारको उच्च माग पूरा गर्न ग्यासको उत्पादन पर्याप्त छैन, एडेनको स्थानीय प्राधिकरणका एक अधिकारीले आफ्नो परिचय नदिने शर्तमा सिन्ह्वासँग भने

उनले भने, 'केही प्रान्तहरूले खाना पकाउने ग्यासको आपूर्ति कम मात्रामा आउँदा ग्यासको अभावमा थप समस्या भएको छ।' हुथी सैनिकको नियन्त्रणमा रहेका अन्य प्रान्तमा इन्धन र खाना पकाउने ग्यासको अभावले स्थानीय जनताको जीवनस्तरमा भयावह असर परेको छ र यसले यस क्षेत्रमा अर्को नयाँ सङ्कट सिर्जना गरेको छ। 

जारी इन्धनको अभाव झन् झनै बढ्दै गएपछि यमनको राजधानी सानामा सयौं गाडीहरूले इन्धन भर्न लामो लाइन लागेर पर्खिरहेका दृष्यहरू सामाजिक सञ्जालमा देखिएका छन्। 

प्रकाशित: Mar 21, 2022| 05:00 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।