शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको विद्यालयमा बमबारी, उपप्रधानमन्त्रीले भनिन् - रुसले नरसंहार गर्‍यो

युक्रेनको विद्यालयमा बमबारी, उपप्रधानमन्त्रीले भनिन् - रुसले नरसंहार गर्‍यो

रुसी सेनाले गरेको आक्रमणमा परी वरीपरी रहेका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् भने अस्पताल र चर्चमा पनि क्षति पुगेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

मस्को - रुसी सेनाले युक्रेनको एक विद्यालयमा आक्रमण गरेको छ। बीबीसीका अनुसार रुसी सेनाले आइतबार मरिपउलमा रहेको एक विद्यालयमा बमबारी गरेको हो। ४०० मानिसहरुले आश्रय लिइरहेको विद्यालयमा आक्रमण गर्दा धेरैको हताहती भएको जनाइएको छ। 

National life

रुसी सेनाले गरेको आक्रमणमा परी वरीपरी रहेका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् भने अस्पताल र चर्चमा पनि क्षति पुगेको छ। 

त्यसैगरी रुसी ट्यांकले युक्रेनको 'केयर होम' मा पनि आक्रमण गरेको छ। लुहान्स्क सैन्य प्रशासन प्रमुख सेरही हयडेका अनुसार पूर्वी युक्रेनको क्रेमिनामा रुसी सेनाले आक्रमण गरेका हुन्। रुसी सेनाले जानाजान ५६ सर्वसाधारण रहेको उक्त केयर होममा आक्रमण गरेको उनले बीबीसीलाई बताएका हुन्। 

उनका अनुसार जीवित रहेका १५ जनालाई रुसी सेनाले नियन्त्रणका लिएका छन्। 

रुसको नरसंहार

Laxmi sunrise bank
kumari

युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफान्सिन्याले रुसले युक्रेनमा नरसंहार गरेको आरोप लगाएकी छन्। स्काइको सोफी रिड्ज कार्यक्रममा बोल्दै उनले भनिन्, 'रुसी सत्ताले वास्तविकरुपमा नरसंहार गरिरहेको छ। राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनका अन्य नेताहरु 'युद्ध अपराधी'हरु हुन्।'

रुसले सयौं सर्वसाधारणहरुलाई लक्षित गर्दै आक्रमण गरेको बताएकी छन्। रुसी सेनाले युक्रेनका महिलाहरुलाई घण्टौंसम्म बलात्कार गरेको र हत्या गरेको घटनाहरु पनि रहेको बताएकी छन्। 

यस्ता जघन्य अपराधमा संलग्‍न रुसी सेनाविरुद्ध करिब दुई हजारभन्दा बढी मुद्दाहरु दायर भएकोसमेत बताइएको छ।  उनले टर्की र इजरायलका नेताहरुले शान्ति कायम गर्नका लागि चालेको कदमको प्रशंसासमेत गरेकी छन्। - बीबीसी

प्रकाशित: Mar 20, 2022| 18:08 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।