शुक्रबार, फागुन २२, २०८२

यूक्रेन-रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्।

National life

युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, 'मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ । सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’।'

यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रूसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रहरूमा प्रहार गरेको बताए। उनका अनुसार त्यसमा चारवटा कमाण्ड पोस्ट र चार वटा एन्टि–एयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन्। यसैबीच अमेरिकाले रूसले प्रयोग गर्ने १०० विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ। 

द किभ इन्डिपेन्डेन्टअनुसार यी मध्ये एउटा हवाईजहाज रूसी अर्बपति रोमन अब्रामोभिचको हो। संयुक्त राज्य अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले यूक्रेनमा आफूहरूले न त युद्धमा प्रत्क्ष संलग्न हुनेछन् न यूक्रेनी आकाशलाई रूसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताए। 

युक्रेनका सशस्त्र फौजका जनरल स्टाफका अनुसार रूसले युक्रेनविरुद्धको आक्रमणको समर्थन गर्न आर्मेनियाको १०२औं रूसी सैनिक बेसबाट आफ्नो फौज तैनात गर्ने योजना बनाएको थियो तर फेब्रुअरी २४ मा रूस निकट मानिने डोनेट्स्क र लुहान्स्कका नागरिकले सुरक्षाको लागि मदत मागेपछि रूसले युक्रेनमा विशेष सैन्य परिचालन सुरु गरेको रूसले दावी गर्दै आएको छ। 

Laxmi sunrise bank
kumari

रूसले यूक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तरराष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ। रूसको आक्रमणवछि यूक्रेनबाट हजारौं शरणार्थीहरू छिमेकी देशहरूबाट पश्चिमी मुलुक प्रवेश गरेका छन्।

प्रकाशित: Mar 20, 2022| 08:46 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।