किभ- यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार जर्मनीलाई आफ्नो देशको लागि बढी समर्थन प्रदान गर्न नेतृत्वको भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
भिडियोमार्फत् जर्मन संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जलाई थप सहयोग गर्न आह्वान गरेका हुन्।
उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) मा सामेल हुन नसक्दा निराश बनेका जेलेन्स्कीले यूक्रेनले अझै पनि यूरोपेली संघमा पहुँच प्राप्त गर्ने प्रयास गरिरहेको बताए।
मार्चमा आयोजित एक पत्रकार सम्मेलनमा सोल्जले जर्मनी र नेटोले रुस–युक्रेन द्वन्द्वमा सक्रिय भूमिका नखेल्ने स्पष्ट पारेका थिए। उनले आफ्नो सरकारले ‘यो सङ्कटबाट मुक्त हुने संयुक्त मार्ग’ का लागि सबै कूटनीतिक माध्यम प्रयोग गर्ने बताए।