शनिबार, साउन २, २०८३

तिब्बतमा सन् २०२१ मा एक लाख २० हजार किमी सडक निर्माण

सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलिोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

तिब्बत- सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलिोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।

तिब्बतमा सन् २०२१ मा पाँच नगर र ६७ प्रशासनिक क्षेत्रले सडकको पहुँच बिस्तारका लागि अग्रणी तथा कडा मेहनत गरेका बताइएको छ। 

ती नगर तथा प्रशाशनिक क्षेत्रको अथक मेहनतपछि गत बर्षको अन्तसम्ममा तिब्बत क्षेत्रका कुल शहरहरूमध्ये ९४.५५ प्रतिशतलाई जोड्न र कुल प्रशासनिक क्षेत्रहरूमध्ये ७७.९४ प्रतिशत क्षेत्रलाई जोड्न सफल भइएको तिब्बत क्षेत्रीय यातायात विभागले पुष्टि गरेको छ। 

तिब्बतले सडक यातायातको लागि निश्चित सम्पत्तिमा २०.१ अर्ब युआन (लगभग ३.२ अर्ब अमेरिकी डलर) मूल्यको लगानी पूरा गरेको विभागका प्रमुख जु वेनकियाङले बताए। 

विभागले सन् २०२२ मा २१.६ अर्ब युआनभन्दा बढी मूल्यको यातायातमा लगानी पूरा गर्ने लक्ष्य राखेको छ। 

प्रकाशित: Mar 18, 2022| 05:50 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।