सोमबार, फागुन १८, २०८२

एक युक्रेनी शरणार्थीको डायरी: मुटु त किभमै छ

युक्रेनबाट पोल्याण्ड सुरक्षित रुपमा प्रस्थान गर्ने उपाय खोज्ने क्रममा रेलवे स्टेशनमा भेट भएका स्वयंसेवकले हामीलाई कारमार्फत युक्रेन र पोल्याण्ड बीचको सीमा कटाइदिने अनि पोल्याण्डमा केही समय बस्नका लागि बासस्थानको समेत व्यवस्था गरिदिने भनेपछि मेरो अनुहार १० वटा घाम एकै पटक उदाएभन्दा बढी चम्किएको थियो।
 |  शुक्रबार, फागुन २७, २०७८

अलजजिरा

अलजजिरा

शुक्रबार, फागुन २७, २०७८

युक्रेनको राजधानी किभमा बस्दै आइरहेकी जाखिदा आदिलोवा (३५) पेशाले शिक्षिका हुन्। साथै एक राजनीतिक बहस कार्यक्रमकी निर्माता पनि। जाखिदा खासमा क्रिमियन टाटर अल्पसंख्यक इस्लामी समुदायकी महिला हुन्। यो समुदाय सन् १९४४ मा जोसेफ स्टालिनको आदेशमा उनीहरुकै मातृभूमि क्रिमियाबाट निर्वासित हुनुपरेको थियो। 

सन् १९९३ मा निर्वासनपछि क्रिमिया फर्केको जाखिदाको परिवारले लामो समय आफ्नै गृहथलोको सास फेर्न पाएन। सन् २०१४ मा रुसले क्रिमियामाथि कब्जा जमाएपछि जाखिदाको परिवारलाई युक्रेनको राजधानीतर्फ शरण खोज्दै भाग्नुपर्यो। 

६ मार्च २०२२ मा फेरि किभबाट युक्रेनकै अर्को सहर लविव ज्यान जोगाउन हिँडेकी जाखिदाले रुस–युक्रेन युद्ध सुरु भएदेखि डायरी लेख्न थालेकी छिन्।

१३ औं दिन (८ मार्च २०२२)

हामी पोल्याण्ड आइपुग्यौँ तर मुटु त युक्रेनमै छ। बिहानको ४ बजे म, मेरी ११ वर्षिय छोरी समिरा र ७५ वर्षकी आमा अबिब सबेरै उठ्यौँ। मेरी साथीले केही दिनका लागि लविवस्थित उनको अपार्टमेन्ट बस्ने अनुमति दिएपछि सोमबार बिहानैदेखि हामी यहिँ बस्दै आइरहेका छौँ।

kumari

युक्रेनबाट पोल्याण्ड सुरक्षित रुपमा प्रस्थान गर्ने उपाय खोज्ने क्रममा हिजो मेरो भेट केही क्यानेडियन स्वयंसेवकहरुसँग भएको थियो। रेलवे स्टेशनमा भेट भएका ती स्वयंसेवकहरुले हामीलाई कारमार्फत युक्रेन र पोल्याण्ड बीचको सीमा कटाइदिने अनि पोल्याण्डमा केहि समय बस्नका लागि बासस्थानको समेत व्यवस्था गरिदिने भनेपछि मेरो अनुहार १० वटा घाम एकै पटक उदाएभन्दा बढी चम्किएको थियो। मैले उनीहरुको मद्दत गर्ने वाचालाई तुरुन्तै स्विकारेँ।

युक्रेनबाट पोल्याण्ड सुरक्षित रुपमा प्रस्थान गर्ने उपाय खोज्ने क्रममा रेलवे स्टेशनमा भेट भएका स्वयंसेवकले हामीलाई कारमार्फत युक्रेन र पोल्याण्ड बीचको सीमा कटाइदिने अनि पोल्याण्डमा केही समय बस्नका लागि बासस्थानको समेत व्यवस्था गरिदिने भनेपछि मेरो अनुहार १० वटा घाम एकै पटक उदाएभन्दा बढी चम्किएको थियो।

आज बिहान हामी त्यहि रेलवे स्टेशनतिर हुइँकियौँ, जहाँ सयौँको संख्यामा शरणार्थीहरु थिए। स्टेशन त्यति नै व्यस्त थियो जति हामी पहिलो पटक लविवमा पाइला टेक्दा थियो। 

भुसुनासरी मान्छेको घुइँचो चारैतर्फ थियो। कोही प्लाटफर्ममा  बसिरहेका थिए भने कोहि रेल चढ्न आफ्नो पालो कुरिरहेका थिए। आफ्नो ज्यान जोगाउन तँछाडमछाड गर्नेहरुको भीड, महिलाहरुको अनुहारमा त्यो थकित भाव, बालबच्चाको रुवाइ र आँसुले भरिएका ती वृद्धवृद्धाका आँखा। यो दृश्य साँच्चै नै हृदयविदारक थियो।

धुँवाधुलो, आफ्नै थकान र कोलाहलका कारण मेरो टाउको दुखाइको सीमा नाघिसकेको थियो। चक्कर लागेर लडिहाल्छु कि भन्ने भान हुँदाहुँदै पनि म पोल्याण्ड जाने साधनको खोजीमा तत्पर थिएँ। यसैबीच मैले त्यहिँका सहयोगीहरुबाट पोलिस  बोर्डरका लागि रवाना हुने बसबारे थाहा पाएँ। बालबालिका र महिलाले खचाखच भरिएका ती बस चढ्न पहिले नाम दर्ता गरी आफ्नो पालो पर्खिनुपर्ने रहेछ। 

यस्तो अवस्थामा अब बसिरहन पनि सम्भव नहोला जस्तो मलाई लागिरहेको थियो। बिहानको साढे ६ बजे क्यानेडियन स्वयंसेवकहरुले हाम्रो लागि कारको व्यवस्था गरिदिएपछि हाम्रो यात्रा सुरु भयो।

बिहानको १० बजे हामी सयौँ कारहरुका भीडमा पोलिस बोर्डरबाट करिब ४ किलोमिटर टाढा जाममा अड्किएका छौँ। साथमा बच्चा च्यापेर झोला भिर्दै बोर्डरतिर लम्कने पैदल यात्रीहरु पनि प्रशस्तै छन्। रुसका कारण सोझा जनताले भोग्नुपरेको पीडा देख्दा मन खिन्न भएर आउँछ।

अपरान्हको २ बजे भगवानको कृपाले मेरो परिवार सुरक्षित रुपमा पोल्याण्ड आइपुगेका छौँ। यहाँ उपस्थित स्वयंसेवकहरुले हाम्रा लागि युक्रेन–पोल्याण्डको सीमाबाट लगभग ११ किलोमिटर टाढा एउटा सफा अनि चिटिक्क परेको घरको व्यवस्था गरिदिएका छन्। यो ठाउँ त साँच्चै नै युक्रेन जस्तै रहेछ। अलि पर देखिने ‘कार्पाथियन’ हिमालको मनोरम दृश्यले मनको वेचैनी समेत दूर गरिदियो।

अपरान्हको ३ बजे महसुस भयो– कति दिनदेखि थामेर राखेको सास मैले बल्ल छोड्न पाएकी छु। राहतको सास फेरिरहँदा बल्ल मलाई सुरक्षित महसुस भएको छ। यहाँ गोली बारुदको आवाज छैन। चिच्याहट सुन्छु त केवल शान्तिको। कोलाहल सुन्छु त केवल मौनताको। मेरी छोरी अनि आमा पनि अब सुरक्षित छन्।

अनौठो स्वतन्त्रतायुक्त भावनाको बाढीले मेरो मन बगाइरहँदा म यो निष्फिक्री कतिन्जेलसम्मका लागि हो भनेर सोच्न भने बाध्य नै छु। म पोल्याण्डमा छु तर मेरो मुटु भने मैले युक्रेनमै छोडेकी छु। जति नै चैनको सास फेरे पनि मलाई घरको यादले सताउन अलिकति पनि छोडेको छैन।

लामो यात्रापछिको थकानका कारण मेरी छोरी अहिले सुतिरहेकी छिन्। १३ दिन लामो दौडधुपपछि आज पहिलो पटक मेरी आमाले टेबलमा खानेकुरा राखिरहनु भएको छ। फलफूल, मिठाइ इत्यादि किभको अन्तिम चिनो।

– अलजजिरामा जाखिदा आदिलोवाले लेखेकाे ब्लगकाे भावानुवाद

प्रकाशित: Mar 11, 2022| 06:18 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।