काठमाडौं- पछिल्लो केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको हो।
अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको सुन करिब २ हजार रुपैयाँले बढेर यो उचाइ कायम गरेको हो।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ। चाँदीको मूल्यमा प्रतितोला ४० रूपैयाँ बढेर १ हजार ३७५ पुगेको महासंघले जानकारी दिएको छ।
रुस-युक्रेन सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ।