बिहीबार, भदौ १२, २०८२

बाल क्यान्सर दिवसका अवसरमा कान्तिमा दीप प्रज्वलन [३ तस्बिर]

अन्तराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा कान्ति बाल अस्पतालमा दीप प्रज्वलन गरिएको छ। मङ्गलबार कान्ति बाल अस्पताल महाराजगन्जमा क्यान्सरको लोगो बनाएर दीप प्रज्वलन गरिएको हो।
 |  मंगलबार, फागुन ३, २०७८
nespernesper

रासस

रासस

मंगलबार, फागुन ३, २०७८

vianetvianet

काठमाडौं- अन्तराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा कान्ति बाल अस्पतालमा दीप प्रज्वलन गरिएको छ। मङ्गलबार कान्ति बाल अस्पताल महाराजगन्जमा क्यान्सरको लोगो बनाएर दीप प्रज्वलन गरिएको हो।

Kumaribank

अस्पतालका निर्देशक डा अजित रायमाझीले नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित रहेको अनुमानित तथ्यांक रहेको बताएका छन्। अहिले एक तिहाई मात्र उपचार गर्न आउँछन्। 

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए। ‘क्यान्सरको उपचार खर्चालु छ, दुई/तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन्। अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ,’ उनले भने। 

सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ। एक लाखसम्मको औषधि निःशुल्क छ। यद्यपि यो पर्याप्त नभएको डा रायमाझीको भनाइ छ। 

अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरिकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन्। नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन्।

Metro Mart

नेपालमा बालबालिकाको क्यान्सर कान्ति अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल लगायत उपचार हुन्छ। कान्तिमा गतवर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा समेत सूचीकृत गरेको छ।


प्रकाशित: Feb 15, 2022| 20:04 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्