बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानन्यायाधीश कार्कीले किन दिइन् 'आगो बल्ने' चेतावनी

पूर्वप्रधानन्यायाधीश कार्कीले किन दिइन् 'आगो बल्ने' चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डाक्टर गोविन्द केसीका मागलाई वेवास्ता गरे देशमा आगो बल्ने चेतावनी दिएकी छन् । अनसनरत डाक्टर केसीको पक्षमा 'सोलिडारिटी अफ डा. गोविन्द केसी अभियान'ले काठमाडौंको बानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले डाक्टर केसीका मागलाई राजनीतिक रंग लगाएर नलत्याउन आग्रह गरिन् । 

कार्कीले भनिन्, 'म आग्रह गर्दछु । मेरो भनाइलाई अन्यथा नलिइयोस् । यो विषयलाई पोलिटिकल भनेर क्यास गर्ने प्रयास पनि नगरियोस् । डाक्टर केसीका माग पूरा गर्नुपर्छ । यदि त्यसो भएन भने देशमा आगो बल्छ ।'

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका डा केसीको धेरै आलोचना हुने गरेको भन्दै कार्कीले केसीका माग जायज भएको र सरकारले माग सम्बोधन गर्दै उनको जीवन रक्षा गर्नुपर्ने बताइन्। 'सरकारको मानो खाएर जे पायो त्यही गर्नमिल्छ भनेर धेरैले भन्लान,' कार्कीले भनिन्, 'मृत्यु शैय्यामा भएको मानिसलाई बचाउने जिम्मा सरकारको हो । त्यसमा पनि जनताको हितका लागि राखिएका माग सम्बोधन हुनुपर्छ । डाक्टर केसीको जीवन रक्षा हुनुपर्छ ।'

वाम सरकारले निर्वाचनका बेला भोट माग्दा केसीकै माग अनुसार भोट मागेको भन्दै कार्कीले भोट माग्दाको घोषणापत्रमा उल्लेख भएका कुरा वर्तनमा सरकारले सम्बोधन गर्न किन आलटाल गरेको भन्ने प्रश्न गरिन्। 'अहिले जुन सरकार आयो । त्यो सरकार निर्वाचनमा जनतालाई शिक्षा, स्वास्थ्य सर्वसुलभ गराउने घोषणापत्रमा बाचा गरेर आएको छ । आफ्नो बाचा सरकारले विर्सनुहुन्न,'कार्कीले भनिन्, 'म सरकारको नेतृत्व गर्ने दललाई आग्रह गर्छु तपाईंहरुको घोषणा पत्र हेर्नुहोस् केसीले भनेकै माग त लेखिएका छैनन् ।'

केसी कुनै दलको कार्यकर्ता नभएको भन्दै उनले केसीले उठाएका आवाज जनताको भएकाले त्यसलाई यथाशीघ्र सम्बोधन गर्नुपर्ने उनको भनाई छ । निक्कै नै आक्रोसित देखिएकी कार्कीले ठेकेदारलाई पोस्ने काम सरकारले गरेको भन्दै त्यसले समाजवाद नआउने तर्क गरिन् । 'चारवटा ठेकेदारलाई मोटो बनाएर समाजवाद आउँछ ?'सरकारलाई पश्न गर्दै उनले भनिन्, 'अहिले सरकारमा बसेका पढेलेखेका प्रवुद्ध व्यक्तिहरुलाई समाजवाद के हो ? लोकतन्त्र के हो ? प्रजातन्त्र के हो भन्ने थाहा छ ?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।