बुधबार, असार ३१, २०८३

मेयरको शवयात्रामा उर्लिए धरानवासी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धरान- मृगौला र निमोनियाको संक्रमणका कारण १ साउनमा निधन भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको शवयात्रामा शनिबार हजारौं नगरवासीले सहभागिता जनाएका छन्। 

धरान–१७ मंगलबारे चोकस्थित घरबाट शुरु भएको उनको शवयात्रा धरान–१९ स्थित हरियाली सामुदायिक वनमा पुगेर सम्पन्न भएको थियो। त्यसबीचमा करिब चार घण्टा चतरालाइनस्थित पब्लिक उच्चमाविमा उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। 

त्यहाँबाट हरियाली सामुदायिक वनमा पुर्‍याएर लिम्बु संस्कारअनुसार उनको शव समाधिस्थ गरिएको हो। 

मेयर सुब्बालाई अन्तिम श्रद्धाञ्जली दिन केन्द्र सरकारका प्रतिनिधिका रूपमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलगायत मन्त्रीहरू धरान आएका थिए। 

दुई वर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो। नियमित फलोअपमा आउन पैसा नभएका कारण समयमै उनको उपचार हुन सकेको छैन। ऋण लिएर काठमाडौंस्थित ग्रान्डी अस्पताल आएका उनलाई चिकित्सकले बचाउन सकेनन्। 

१८ माघ ०२३ मा तेह्रथुमको खाम्लालुङमा जन्मेका सुब्बा झापा हुँदै ०३७ सालमा धरान बसाईं सरेका थिए। उनी १३ वर्षको उमेरदेखि नै पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलनमा लागेका थिए। मृदुभाषी र सरल स्वभावका उनी धरानवासीमाझ लोकप्रिय थिए। उनको अन्तिम संस्कारमा हजारौं धरानवासीको सहभागिता थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।