सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • माेरङका ४ फार्ममा बर्डफ्लु, ४२ सयभन्दा बढी कुखुरा मरे

माेरङका ४ फार्ममा बर्डफ्लु, ४२ सयभन्दा बढी कुखुरा मरे

माेरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएको हाे।
 |  सोमबार, माघ १७, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, माघ १७, २०७८

विराटनगर- माेरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएको हाे। 

National life

ग्रामथान–१ काे कृषि फार्ममा रहेका करिब ३ हजार ५०० लेयर्स कुखुरा मरेपछि नमूना परीक्षणका लागि पठाइएकाे थियो। कटहरी-७ काे पद्मश्री बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको बताइएकाे छ।  

ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएकाे छ। बुढीगंगा–५ काे रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेपछि त्यसको नमूना जाँच गर्दा बर्डफ्लु पुष्टि भएको बताइएको छ। 

विराटनगरस्थित पशुपन्छी रोग प्रयोगशालामा गरिएको परीक्षणमा यी चार फार्ममा बर्डफ्लु पुष्टि भएको हो। 

फ्लु देखिएका फार्मका कुखुरा तथा पन्छीजन्य वस्तु नष्ट गर्ने कार्य शुरू भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

बर्डफ्लु फैलिएको फार्ममा रहेका पन्छीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा.सुशीलकुमार अधिकारीले जानकारी दिए।

कुखुरा फार्महरुमा बर्डफ्लु पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बैठकले फार्महरुमासमेत निगरानी गर्न स्थानीय तहहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशु सेवा विभागसँग रकम माग गर्ने समेत निर्णय गरेको बताइएको छ।


प्रकाशित: Jan 31, 2022| 15:19 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।