आइतबार, साउन ३१, २०८३

काठमाडौं जिल्ला प्रशासनका थुप्रै सेवा स्थगित

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ। कर्मचारी कोरोना संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ। कर्मचारी कोरोना संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।  

एक सूचना जारी गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी बढेको अवस्थामा कर्मचारीहरू नै संक्रमित हुँदा सेवा प्रवाह प्रभावित हुन पुगेको जनाएको छ।

'सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी प्रदान गर्ने फाँटतर्फका कर्मचारीहरू कोभिड–१९ बाट संक्रमित भई उपचारको क्रममा रहेको जानकारी गराऔंछौं,' जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। त्यसैले अर्को सूचना जारी नभएसम्म मिति २०७८ माघ ५ गतेदेखि लागू हुनेगरी माथि उल्लेखित फाँटका सेवा हाललाई स्थगित गरिएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ।


प्रकाशित: Jan 19, 2022| 08:10 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।