आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर सातको मृत्यु

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर सातको मृत्यु

राजधानी खार्तुममा भेला भएका हजारौं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

सुडान- सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा मंगलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ।

National life

राजधानी खार्तुममा भेला भएका हजारौं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो।

प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन्। सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरी सेनाले सत्ता लिएको थियो।

प्रदर्शनकै क्रममा प्रर्दशनकारीहरुले नागरिक शासनको माग गर्दै सेना बिरुद्ध चर्को नारा लगाएका छन्। सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बाली सडक अवरुद्ध गरेका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानको सैनिक कु का बिषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ। सुडानमा गत बर्ष देखि सुरु भएको सेना बिरुद्धको प्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन्। सिन्ह्वा

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 19, 2022| 08:00 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।