आइतबार, साउन ३१, २०८३

भोलिदेखि देशभर वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै बिहीबार भने देशभरको मौसम बदली रहनेछ। प्रत्येक प्रदेशमा स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। 

बिहीबार देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना छ। बिहीबार राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 19, 2022| 07:51 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।