आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासमा आज : भारतको प्रधानमन्त्री इन्दिरा गान्धी, नर्थ सीमा डुंगा दुर्घटना

इतिहासमा आज : भारतको प्रधानमन्त्री इन्दिरा गान्धी, नर्थ सीमा डुंगा दुर्घटना

आज सन् २०२२ जनवरी १९। हामीले यहाँ विश्‍व इतिहासमा आजका दिन भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- आज सन् २०२२ जनवरी १९। हामीले यहाँ विश्‍व इतिहासमा आजका दिन भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं। 

इन्दिरा गान्धीको हातमा भारतको शासन

भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्‍त्रीको निधन भएपछि भारतको शासन सत्ता इन्दिरा गान्धीले सम्हालेकी थिइन्। इन्दिराले सन् १९६६ जनवरी १५ मा भारतको सत्ताको बागडोर सम्हालेकी हुन्। उनले आजकै दिन प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी थिइन्। 

मेगाअपलोड्मा अमेरिकी लगाम

एक चर्चित फाइल शेयरिङ कम्युटर सर्भिस मेगाअपलोडमा अमेरिकाले सन् २०१२ जनवरी १९ मा प्रतिबन्ध लगाएको थियो। अमेरिकी सरकारले यस साइटका संस्थापक कमि डटकमदेखि यससँग जोडिएका अन्य धेरैले एन्टिपाइरेसी कानुनको उल्लंघन गरेको भन्दै चर्को आलोचना भएपछि बन्द गराएको हो। 

अमेरिकी राष्ट्रपतिको प्रेस कन्फरेन्स पहिलो पटक टेलिभिजनबाट प्रसारण

अमेरिकी राष्ट्रपतिको रुपमा विट डी इसेनहोभरले गरेको प्रेस कन्फरेन्स पहिलो पटक टेलिभिजनबाट प्रसारण गरिएको थियो। सन् १९५५ जनवरी १९ मा अमेरिकाको राष्ट्रपतिले गरेको प्रेस कन्फरेन्स पहिलो पटक टेलिभिजनबाट प्रसारण गरिएको हो। 

नर्थ सीमा डुंगा दुर्घटना

सन् १८३३ जनवरी १९ मा उत्तरी समुद्रमा जर्मनको स्टिमर किमब्रिया र बेलायती स्टिमर सुल्तान एन्ड सान्क ठोक्किएका थिए। उक्त स्टिमर दुर्घटनामा ३४० जनाको मृत्यु भएको थियो।

अमेरिकी साहित्यकार एड्गर एलन पोको जन्म

अमेरिकी साहित्यकार एड्गर एलन पोको जन्म सन् १८०९ जनवरी १९ मा भएको थियो। पो अमेरिकी लघुकथा, कविता, समालोचना लेखक हुन्। 

प्रकाशित: Jan 19, 2022| 05:00 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।