आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना बढेपछि काठमाडौं प्रशासनले जारी गर्‍यो २७ बुँदे आदेश: के गर्न पाइने, के नपाइने?

कोरोना बढेपछि काठमाडौं प्रशासनले जारी गर्‍यो २७ बुँदे आदेश: के गर्न पाइने, के नपाइने?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो। काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या तीव्ररुपमा वृद्धि हुँदै गएपछि काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो। काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएको छ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको छ। यो रोक माघ मसान्तसम्म लागु हुनेछ ।

प्रशानसले अबदेखि माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालनमा निषेध गरेको छ। त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमको उपयोग गर्न पनि भनिएको छ। 

भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न पनि भनिएको छ। 

यही माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी कार्यक्रम गर्न पनि प्रशासनले भनेको छ। 

प्रशासनले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन गर्न पनि रोक लगाएको छ।

आदेशमा होटेल रेष्टुरेन्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नुपर्ने भनिएको छ। त्यस्तै होटेल रेष्टुरेण्टमा सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन भनिएको छ। 

प्रशासनले जारी गरेको आदेश




प्रकाशित: Jan 18, 2022| 16:00 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।