आइतबार, फागुन २४, २०८२

अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ। अफगानिस्तानको बदगिस प्रान्तमा सोमबार राति गएको ५.३ म्याग्‍निच्युडको भूकम्पका कारण सयौं घरहरुमा क्षति पुगेको अलजजिराले जनाएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काबुल- अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ। अफगानिस्तानको बदगिस प्रान्तमा सोमबार राति गएको ५.३ म्याग्‍निच्युडको भूकम्पका कारण सयौं घरहरुमा क्षति पुगेको अलजजिराले जनाएको छ। 

National life

भूकम्पपछि अहिले उद्धार कार्य चलिरहेको जनाइएको छ। सबैभन्दा बढी क्‍वादिस जिल्लामा क्षति पुगेको छ। बद्‌गीस प्रान्तका प्रवक्ता बाज मोहम्मद सारवारीले एक भिडियो सन्देश जारी गर्दै सात सयदेखि एक हजार घरहरुमा क्षति पुगेको बताएका छन्। 

उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेहरुको संख्या पनि बढ्नसक्ने बताइएको छ। तालिबान सरकारका प्रवक्ता इनमुल्लाह सामाङ्गानीले उद्धार र राहतको काम भइरहेको बताएका छन्। उनले घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएकोसमेत जानकारी दिएका छन्।  


प्रकाशित: Jan 18, 2022| 15:40 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।