आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना बढेपछि सर्वोच्चको सेवामा कटौती, कुन-कुन मुद्दामा सुनुवाई हुने?

कोरोना बढेपछि सर्वोच्चको सेवामा कटौती, कुन-कुन मुद्दामा सुनुवाई हुने?

सर्वोच्च अदालतमा मंगलबार बसेको पूर्ण बैठकले कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोनलगायतका विभिन्‍न भेरिएन्टका कारण विषम परिस्थिति उत्पन्‍न भएको भन्दै भिडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण देखिएपछि सर्वोच्च अदालतको सेवामा कटौती गरिएको छ। सर्वोच्च अदालतमा मंगलबार बसेको पूर्ण बैठकले कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोनलगायतका विभिन्‍न भेरिएन्टका कारण विषम परिस्थिति उत्पन्‍न भएको भन्दै भिडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको हो। 

सर्वोच्च अदालतमा न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनामा संक्रमण देखिएको छ।  सर्वोच्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ती, कानून व्यवसायी एवं अदालतमा आउने अन्य सरोकारवालाहरुको स्वास्थ्य, सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सुनुवाइका कार्यहरु व्यवस्थित ढंगले सीमित संख्यामा सञ्‍चालन गर्न उपयुक्त देखिएकोले आगामी दुई हप्ता माघ ५ गतेदेखि १८ गतेसम्म केही सेवाहरु कटौती गरिएको छ।'

कस्ता मुद्दाको सुनुवाई? 

१. सेवा प्रवाहसम्बन्धमाः

क) बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका जीवन र नस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित रूपमा सुनुवाई गर्ने। 

ख) मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारवाही नियमित रुपमा सञ्चालन गर्ने। 

ग) मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७(६) र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरुको निवेदन तथा प्रतिवेदनउपर सुनुवाई गर्ने। 

घ) थुनुवा भएका मुद्दाको सुनुवाई गर्ने। 

ङ) हेर्दा हेर्दै र नि.सु.मा रहेका मुद्दाको सुनुवाई गर्ने। च) नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाई गर्ने। 

२. मुद्दा/निवेदन दर्ता गर्ने, पेसी र अन्य तारेख दिने लगायतका कामकारवाही जनस्वास्थ्यका निर्धारित मापदण्डअनुसार सामाजिक दुरी कायम गर्ने, भिडभाड हुन नदिने लगायतका कुराहरूको पूर्ण परिपालना हुने गरी संचालन गर्न सर्वोच्च अदालत प्रशासनले आवश्यक व्यवस्था मिलाउने।

३. अदालतहरुमा अनावश्यक भीडभाड हुन नदिन अत्यावश्यक र न्यून संख्याको जनशक्तिबाट आलोपालो मिलाई अदालतको काम कारवाही गर्ने र टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेशनमा रही अदालतको कार्य सम्पादन गर्न मुख्य रजिस्ट्रारले आवश्यक व्यवस्था मिलाउने। 

४. उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूको हकमा स्थानीय परिस्थिति एवम् जोखिमको अवस्था तथा संक्रमित भएको अवस्थासमेतको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधिकरणहरुले मिलाउने र यस अदालतमा जानकारी पठाउन निर्देशित गर्ने।


प्रकाशित: Jan 18, 2022| 15:26 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।