काठमाडौं- स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले १३ बुँदे माग अगाडि सारेको छ। अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्दा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेपछि संघले स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि उक्त बुदा अगाडि सारेको हो।
संघले आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थयकर्मीको निशुल्क औषधि उपचारको व्यववस्था गर्नुपर्ने, बिमाको व्यवस्था गर्नुपर्ने, सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता तुरुन्त दिनुपर्ने, करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्ने लगाएतका मागहरु छन्।