आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेस प्रदेशको नामकरणसँगै मधेस आन्दोलनले सम्मान पाएको बताएका छन्।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन्।

प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेस प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताएका छन्।

‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो’, अध्यक्ष यादवले भने, ‘त्यो सपना सफल भएको छ, यसबाट मधेस आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ।’ मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताए। 

मधेस आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेस प्रदेश स्थापना भएको उल्लेख गर्दै उनले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेशसभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गरेका छन्।

सो सभामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौदेखि विभेदमा रहेको मधेसीलाई अब सम्मानको अनुभूति हुने बताइन्। ‘मधेस आन्दोलनमा सहिद भएकाको बलिदानीबाट मधेस प्रदेश स्थापना भएको छ’, मन्त्री यादवले भनिन्, ‘हामीले मधेस प्रदेशका लागि लडाइँ लड्यौँ, त्यो आज पूरा भएको छ, यसबाट मधेस आन्दोलन र सहिदप्रति सम्मान भएको छ।’ 

मधेस आन्दोलनकै कारण शोषित वर्गहरु राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेत्रीसमेत रहेकी मन्त्री यादवले मधेसी, जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गरिन्। 

प्रकाशित: Jan 18, 2022| 09:25 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।