आइतबार, साउन ३१, २०८३

जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी-८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

उदयपुर- जिल्लाको कटारी नगरपालिका-८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जिप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जिप दुर्घटनामा गम्भीर घाइते कटारी-८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै अन्य घाइतेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताएका छन्।

चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन्। घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ।

प्रकाशित: Jan 18, 2022| 07:15 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।