आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार महासंघ : विधानविपरीत समिति गठन गरिएकामा आपत्ति

पत्रकार महासंघ : विधानविपरीत समिति गठन गरिएकामा आपत्ति

नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ।

समितिका अध्यक्षहरूले सोमबार सामूहिकरुपमा एक विज्ञप्ति जारी गरी महासंघको तिलौराकोटमा सम्पन्‍न बैठकले संघीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधानविपरीत समिति गठन खोजिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्।

राज्यका विभिन्न निकायलाई संघीयता कार्यान्वयन गराउनका लागि बारम्बार प्रश्न उठाउने पत्रकारको साझा संस्था महासंघले नै प्रदेश समितिलाई अङ्कुश लगाउने गरी समिति गठन गरेमा आफूहरूलाई मान्य नहुने महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले बताए। 

विधान बाहिर गइ गरिने कुनैपनि कार्यमा आफूहरुको साथ र सहयोग नरहने उनको भनाइ थियो। यसरी विज्ञप्ति जारी गर्नेमा महासंघको प्रदेश १ का लीलाबल्लभ घिमिरे, प्रदेश २ का राजेश कर्ण, वाग्मती प्रदेशका शिव देवकोटा, गण्डकी प्रदेशका नारायण शर्मा, सुदूरपश्चिम प्रदेशका योगेश रावल, उपत्यका प्रदेशका सृजन झा, प्रतिष्ठान प्रदेशका अधिकारी र एशोसिएट प्रदेशका बैकुण्ठ पराजुली छन्।

प्रकाशित: Jan 17, 2022| 22:30 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।