आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी नियमावली राजपत्रमा प्रकाशित, तीन दर्जा थपिए (नियमावलीसहित)

प्रहरी नियमावली राजपत्रमा प्रकाशित, तीन दर्जा थपिए (नियमावलीसहित)

राजपत्रमा प्रकाशित ब्यवहोरा अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं-  नेपाली प्रहरीको (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ। योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको विषयले औपचारिक आधिकारिता पाएका छन्।

नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानुन सरहको मान्यता पाएको थिएन। 

राजपत्रमा प्रकाशित ब्यवहोरा अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ। 

हाल प्रहरीमा ४६ हजार २ सय १९ प्रहरी जवान छन्। प्रहरी हवलदार १४ हजार ९८९ र प्रहरी नायब निरीक्षक (सई) ४ हजार २९६ छन्। अब नयाँ सिर्जना हुने प्रहरी सहायक हवल्दार पदमा १५ हजार ४०६ जना जवानको बढुवा हुने प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा उल्लेख छ। यो हालको प्रहरी जवान संख्याको एक तिहाइ हो।

प्रहरी नियमावलीको पूर्णपाठ: 


प्रकाशित: Jan 17, 2022| 19:09 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।