आइतबार, साउन ३१, २०८३

मौसम : पश्‍चिमी वायुको सामन्य प्रभाव, चिसो अझै बढ्ने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी चिसो अझै केही बढ्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी चिसो अझै केही बढ्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। 

महाशाखाले भनेको छ, 'देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गर्दछौं।' 

महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ। साथै प्रदेश नं २ का तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ। 

महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

मंगलबार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश नं १, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

प्रकाशित: Jan 17, 2022| 18:52 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।