काठमाडौं- ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता)को नारा दिएर महिलाहरुले कालापत्थरमा मार्चा पास गर्ने भएका छन्।
विश्व महिला दिवसको अवसर पारेर आगामी मार्च ८ तारिखमा पहिलो पटक कालापत्थरमा मार्च पास हुन लागेको हो। साथ-साथै फाउन्डेसनको आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटीएनसी)को सहयोगमा मार्च पास गर्न लागिएको कार्यक्रम संयोजक प्रजिता कार्कीले जानकारी दिइन्।
उनले भनिन्, 'जलवायु परिवर्तनका कारणले हिमालय क्षेत्रमा हिउँ पग्लने दर बढेको, जलवायुअनुकूल, जलवायु परिवर्तनबारे महिलाहरूलाई सचेतना जगाउने उद्देश्यले मार्च पास गर्न लागिएको हो।'
मार्च पासमा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका २५ जना महिलाहरूको सहभागिता हुनेसमेत उनले जानकारी दिएकी छन्।
अभियानमा सहभागी हुनेहरू सबै आफ्नो खर्चमा बेस क्याम्प जानेछन्। मार्च पासको नेतृत्वदेखि कार्यक्रममा सहभागी हुनेहरू सबै महिला नै हुने उनले बताइन् ।