आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- 'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो। उनले प्रयोग गर्दै आएको प्रदेश ३ ०१ ०२२ च ०११८ नम्बरको रातो कलरको हुन्डाई कम्पनिको क्रेटा मोडलको गाडीसमेत प्रहरीले बरामद गरेको छ।

दङ्गाली छोटे डनले दाङलाई केन्द्रबिन्दु बनाएर अपराधका शृंखलामा सहभागी हुँदै आएका थिए। दाङमा ठगीको कसुरमा मुद्दा दर्ता भएपछि छोटे डन फरार थिए। दाङबाट भागेर पुन काठमाडौंमा ठाउँ सरीसरी बस्दै आएका थिए।

छोटे डन फरार भएपछि दाङ प्रहरीले उनी काठमाडौंमा रहेको पत्ता लगाएको थियो। यसपछि दाङ प्रहरीले सीआईबीलाई पक्राउ गर्न अनुरोध गरेको थियो। दाङ प्रहरीको अनुरोधपछि सीआईबीले पुनलाई पक्राउ गर्न सफल भएको हो। सीआईबीले पक्राउ गरेपनि छोटे डनविरुद्ध दाङमा मुद्दा दायर भइसकेकाले उनलाई दाङ पठाइएको सीआईबीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार छोटे डनले २०६४ देखि २०७३ सम्म विभिन्न कसुर गरेका थिए। त्यसयता उनका आपराधिक क्रियाकलापमा कमी आएको प्रहरीको भनाइ छ। 

२०७३ मंसिर ६ गते घोराहीका लोकबहादुर केसीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा छोटे डनको संलग्नता भएको आरोप लागेको छ। 

त्यसअघि २०७० चैत १२ गते दाङमा नै पदम चन्दलाई गोली प्रहार गरी गम्भीर घाईते बनाएको घटनामा पनि उनको संलग्नता रहेको आरोप लगाइएको छ।

त्यसअघि पनि २०६९ माघ ७ गते यामबहादुर थापालाई कुटपिट गरी घाइते बनाएको आरोप उनीमाथि छ। यस्तै २०६५  कात्तिक ५ मा दाङकै भ्याली होटलमा उनीसमेतको संलग्नतामा हातहतियार देखाई डकैती गरेको आरोप पनि उनीमाथि छ। यी सबै आरोप लागेपनि उनी लुकीछिपी बस्न सफल रहँदै आएका थिए। 

उता २०६४ फागुनमा दाङको पुरानो राप्ती नजिकै किशोर केसी र प्रविण केसीलाई गोली, खुकुरीलगायतका हातहतियार प्रयोग गरी कुटपिट गरेको कसुरमा समेत संलग्न भएको भन्दै उनलाई अभियुक्त बनाइएको थियो। यद्यपि यो घटनामा भने अदालतबाट धरौटी बुझाएर उनी थुनमुक्त भएका थिए। 

प्रकाशित: Jan 17, 2022| 16:11 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।