आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पीडितका आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखी बलिया बजार बन्द गराउँदै पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका हुन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

धनगढी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बलियामा सडक अवरुद्ध गरिएको छ। मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएपछि आफन्तले सड अवरुद्ध गरेका हुन्।

पीडितका आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखी बलिया बजार बन्द गराउँदै पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका हुन्। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका-४, बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा सोही ठाउँका ५५ वर्षीय मनसरा जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाईकलको ठक्करवाट गम्भीर घाईते भएकी जैशीको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा गए राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालक लम्कीचुहा नगरपालिका वडा नम्बर १ का राजन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गको वलियामा सवारी साधन रोकिएका छन्।

प्रकाशित: Jan 17, 2022| 11:00 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।