आइतबार, साउन ३१, २०८३

नवलपरासीमा एक महिला मृत फेला

नवलपरासी (पूर्व) मा एक महिला मृत फेला परेकी छन्। उनी घर नजिकै गोरेटो बाटोमा मृत फेला परेकी प्रहरीले जनाएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- नवलपरासी (पूर्व) मा एक महिला मृत फेला परेकी छन्। उनी घर नजिकै गोरेटो बाटोमा मृत फेला परेकी  प्रहरीले जनाएको छ।

जिल्लाको  विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नो घरबाट पाँच सय मिटर टाढा गोरेटो बाटोमा मृत  फेला परेकी प्रहरीले जनाएको छ।

नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको बताए। उनका अनुसार पोस्टमार्टम रिर्पोट आएपछि मात्र घटनाको अनुसन्धान अगाडि बढाइने छ। कुमालका श्रीमान र दुई सन्तान छन्।

प्रकाशित: Jan 17, 2022| 10:15 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।