आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वभर थपिए १९ लाख कोरोना संक्रमित, भारतमा मात्रै २ लाख ५७ हजारभन्दा बढी

विश्वभर थपिए १९ लाख कोरोना संक्रमित, भारतमा मात्रै २ लाख ५७ हजारभन्दा बढी

पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाखमा कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाखमा कोरोना संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधिमा विश्वभर झण्डै ४ हजार मानिसको संक्रमणबाट ज्यान गएको छ।

हालसम्म विश्वभर कोरोनाबाट ५५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। साथै विश्वमा ५ करोड ५६ लाखभन्दा बढी सक्रिय संक्रमित छन्। 

यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ३८८ संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार २७७ पुगेको छ। 

तीमध्ये ३ करोड ५२ लाख २७ हजार ९६७ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ४८२ जनाको मृत्यु भइसकेको छ। अहिले भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ छन्।

प्रकाशित: Jan 17, 2022| 08:50 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।