आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक सेवा लिन जाँदै हुनुहुन्छ? तनहुँमा खोप कार्ड अनिवार्य

सार्वजनिक सेवा लिन जाँदै हुनुहुन्छ? तनहुँमा खोप कार्ड अनिवार्य

जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

तनहुँ- तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ।

गृहमन्त्रालयको निर्णय अनुसार गत पुस २९ गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यान० मा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। उनका अनुसार यस्ता सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था भएकाले खोप कार्ड साथमा लिई तोकिएका स्थानमा प्रवेश गर्न जिल्लावासीलाई अनुरोध गरिएको छ। 

प्रशासनले कोभिड-१९ को संक्रमणलाई दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस एवं गृहमन्त्रालयको निर्णय, संक्रमक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको छ।

आदेशमा कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिकस्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुनपानीले हात धुन आग्रह गरिएको छ। 

स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निःशुल्क ‘एन्टिजेन टेष्ट’ परीक्षणको दायरा फराकिलो बनाई नियमित परीक्षण गर्ने, सार्वजनिक सवारी साधन स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुले अनिवार्यरुपमा मास्क लगाउन अनुरोध गरिएको छ। 

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, नेपाल सरकारले तोकेका मापदण्ड पूर्णरुपमा पालना गर्न आदेशमा अनुरोध गरिएको छ। पच्चीस जनाभन्दा बढी मानिसको उपस्थित हुने गरी कुनै पनि किसिमको भेला तथा महोत्सव एवं सामाजिकलगायतका काम नगर्न, कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा शिक्षा, विज्ञान तथा मन्त्रालयको सूचनाबमोजिम माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने, नगराउने तथा पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्डको पालना गरी जेड आकारमा राख्ने व्यवस्था मिलाउन पनि प्रशासनको आदेशमा उल्लेख छ।

कोभिड-१९को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने यससम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन हुने र अनुगमनका क्रममा यस देशको अवज्ञा भएको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। रासस

प्रकाशित: Jan 17, 2022| 09:00 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।