आइतबार, साउन ३१, २०८३

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड-१९ का कारण ज्यान गुमाएकाको परिवारलाई २५ हजार उपलब्ध गराएको छ। नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ।

नगर प्रमुख दिलीपप्रताप खाँणले भने, ‘कोभिड-१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावकका रुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराउँछौँ।’ 

नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराइएको उनले जानकारी दिए। नगरपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए।

‘चालु आर्थिक वर्षको सुरुआतबाट राहत र काजकिरियाका लागि २५ हजार उपलब्ध गराउन सुरु गरेका हौँ’, उनले भने, ‘गत पुसको १५ सम्ममा ४९ ले लगिसक्नुभएको छ भने अब प्रक्रियामा ६० भन्दा धेरै हुनुहुन्छ, अझै निवेदन आइरहेकाले संख्या बढ्ने देखिन्छ।’ नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत १२ लाख २५ हजार उपलब्ध गराइसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए।

भुक्तानी दाबी गर्नका लागि कोभिड-१९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। रासस

प्रकाशित: Jan 17, 2022| 08:30 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।