काठमाडौं- केही दिन यता तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ। हुस्सु र कुहिरोका कारण तराईमा अत्यधिक चिसो बढेको छ। चिसोका कारण जनजीवन कष्टकर बनेको छ।
न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा अधिकतम तापक्रम घटिरहेको महाशाखाले जनाएको छ।
नेपालगञ्जको अधिकतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ। यस्तै धनगढीको अधिकतम तापक्रम पनि १४ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको छ।
आज पनि तराईका जिल्लामा घाम लाग्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। घाम लाग्ने सम्भावना नरहेकाले अझै अधिकतम तापक्रम घट्ने पूर्वानुमान गरिएको छ।