आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं। 

हवाइनको राजतन्त्र अन्त्य 

हवाइनमा सन् १८९३ को जनवरी १७ मा राजतन्त्र अन्त्य गरिएको थियो। हवाइनमा केही नेताहरु र अमेरिकी समर्थकहरुको सहमतिमा बनाइएको समितिले हवाइनको महारानीलाई पदमुक्त गरेको थियो। उक्त समितिको नेतृत्व सानफोर्ड बलार्ड डोलेले गरेका थिए। त्यसपछि डोलेकै नेतृत्वको एक कामचलाउ सरकार गठन गरिएको थियो। सन् १९५९ अगस्त २१ मा हवाइनलाई अमेरिकी राज्यको मान्यता दिइएको थियो। 

जापानमा शक्तिशाली भूकम्प

जापानको ओसाका कोबे महानगर क्षेत्रमा सन् १९९५ जनवरी १७ मा शक्तिशाली भूकम्प आएको थियो। उक्त भूकम्पमा परी ६ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने संरचनाहरुमा ठूलो क्षति पुगेको थियो। त्यसअघि सन् १५९६ मा पनि यस क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो। 

हराल्ड पाँचौंले सम्हाले नोर्वेको राजगद्दी 

सन् १९९१ को जनवरी १७ मा हराल्ड पाचौंले नर्वेको राजगद्दी सम्हालेका थिए। उनले पीता ओलाभ पाँचौंको मृत्युपछ राजगद्दी सम्हालेका हुन्। 

बेलायती प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेट 

बेलायती प्रधानमन्त्री विन्सटन चर्चिल र अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजबेल्टबीच मोरक्कोमा भेटवार्ता गरेका थिए। सन् १९४३ जनवरी १७ मा उनीहरुले पहिलो पटक मोरक्कोको कासाबलान्का क्षेत्रमा भेट गरेका थिए। 

बेलायती प्रधानमन्त्री डेभिल लोयडको जन्म 

बेलायती प्रधानमन्त्री डेभिड लोयड जर्जको जन्म सन् १८६३ जनवरी १७ मा भएको थियो। सन् १९१६ देखि सन् १९२२ सम्म उनी बेलायतको प्रधानमन्‍त्रीको जिम्मेवारी सम्हालेका थिए। उनको मृत्यु सन् १९४५ मार्च २६ मा भएको थियो। 

प्रकाशित: Jan 17, 2022| 05:00 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।