आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • खोप नलगाउनेलाई प्रतिबन्ध गरेपछि फ्रान्समा विरोध प्रदर्शन

खोप नलगाउनेलाई प्रतिबन्ध गरेपछि फ्रान्समा विरोध प्रदर्शन

फ्रान्समा कोरोनाबिरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ। राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

पेरिस - फ्रान्समा कोरोनाबिरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ। राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन्।

National life

आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरुले फ्रान्समा किशोर किशोरीहरुलाई खोपका बारेमा जानकारी समेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन्।

प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिजलाई अष्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अष्ट्रेलियाली सरकार बिरुद्ध समेत नारा लगाए। 

फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ। प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा ब्यबस्था कडा पारिएको छ। फ्रान्समा कोरोना विरुद्धको खोप नलाउनेको संख्या उल्लेख्य छ। यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने बिधेयकलाई मान्यता दिएको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 17, 2022| 04:00 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।