आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पा व्यवसायलाई मर्यादित रुपमा सञ्‍चालन गर्नुपर्ने

स्पा व्यवसायलाई मर्यादित रुपमा सञ्‍चालन गर्नुपर्ने

वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। स्पा संघ नेपालको आइतबार आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

हेटौंडा- वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। स्पा संघ नेपालको आइतबार आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। 

'स्पा क्षेत्रमा भएको विकृति र  विसंगति अन्त्यका लागि स्पा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, यस व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि प्रदेश सरकारले सहयोग गर्छ,' उनले भने, 'यो क्षेत्रपनि नेपालको पर्यटन उद्योगसँग जोडिएकाले  यसको रक्षा गर्ने जिम्मा व्यवसायीसँगै सरकारको पनि हो।'

काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्पा एवं मसाज क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले यस्तो मनोविज्ञानलाई चिर्नु जरुरी रहेको बताए।  

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा व्यवसायीलाई राख्न सरकारलाई आग्रह गरे। संघका अध्यक्ष शुभलाल थिङले कोभिडले आक्रान्त स्पा व्यवसाय सञ्चालनका लागि सङ्घले कोभिड–१९ सङ्क्रमणकालीन स्पा सञ्चालन मापदण्ड–२०७८ बनाएर लागू गरेको जानकारी दिए। 

प्रकाशित: Jan 16, 2022| 20:20 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।