आइतबार, साउन ३१, २०८३

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ। गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो।

सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

सखुवाको काठ बरामद

आइतबार नै बुद्धशान्ति गाउँपालिका–१ दामाखोलाबाट प्रहरीले सुखवा जातको गोलिया काठ बरामद गरेको छ। दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ४७ क्युविक फिट काठ फेला पारी इलामको रोङ सबडिभिजन कार्यालयमा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Jan 16, 2022| 19:15 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।