सोमबार, कात्तिक २, २०८३

बेलायतबाट सिर्जनाले ल्याइन् फूलहरु मगमग [भिडियोसहित]

गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

बेलायतका  रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल तथा भ्लगर सिर्जना निङ्लेखुको अभिनय देख्न सकिन्छ। भिडियोमा सिर्जनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफैं र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन्।  

कन्चन थुलुङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ। 

कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सिर्जनाले कल्चरल म्युजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन्। उनले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन्। 

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलिसकेकी सिर्जनालाई थिएटर, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ। 

प्रकाशित: Jan 16, 2022| 19:40 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।