काठमाडौं– युवा गायक तथा संगीतकार शान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ। लुसेन्ट फिल्मको ब्यानरमा बनेको गीतमा शानकै शब्द तथा संगीत छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ।
गीतको म्युजिक भिडियो निर्देशन विकास बराइलीले गरेका हुन्। भिडियो अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ गरिएको शान भुसालले बताएका छन्। भिडियोलाई गायक भुसालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन्। गीतमा अमेरिकी अभिनेताहरू जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी तथा नेपाली कलाकारहरू दिपेश आचार्य, अंकित शर्मालगायतको अभिनय रहेको छ।
मुम्बईस्थित बिबिजे स्टुडियोमा रेकर्ड गरिएको गीतको वाद्यवादन र मिक्सिङ काठमाडौंको गुञ्जन रेकर्डिङमा कृष्णकुमार महर्जनले गरेका हुन्।
हेरौं भिडियो