आइतबार, फागुन २४, २०८२

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढीलाई कोरोना

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका छन्।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं – भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको छ।  यसैसँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ। 

National life

सोही अवधिमा थप ३१४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८६ हजार ६६ पुगेको छ। 

भारतमा सात हजार ७४३ ओमिक्रोनका संक्रमित छन्। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या १५ लाख ५० हजार ३७७ छ।

भारतमा एक लाख ३८ हजार ३३१ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ५० लाख ८५ हजार ७२१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यहाँ कोरोना भाइरस निको हुने दर ९५.५१ प्रतिशत रहेको जनाइएको छ। 

प्रकाशित: Jan 16, 2022| 15:01 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।