आइतबार, कात्तिक १, २०८३

अफगानी नागरिकलाई पठाइएको सहायता सामग्री राष्ट्रसंघीय मिसनलाई हस्तान्तरण

अफगानिस्तानी जनताका लागि नेपाल सरकारले पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गरिएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा आइतबार बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको थियो।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- अफगानिस्तानी जनताका लागि नेपाल सरकारले पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गरिएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा आइतबार बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको थियो। 

उक्त सहायता सामग्री काबुलस्थित राष्ट्रसंघको मिसनलाई हस्तान्तरण गरिएको टोलीमा सहभागी नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिएका छन्। 

अफगानिस्तानमा अगस्त १५ मा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ आर्थिक तथा मानवीय संकट उत्पन्‍न भएको छ। अफगानिस्तानमा हाल खाद्यान्‍नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुपोषण हुन थालेको छ। संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेसँगै नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरुको अग्रसरतामा सहायता सामग्री पठाइएको हो। टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरु समेतको सहभागिता रहेको छ। 

टोली अफगानिस्तान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले दिएको सूची अनुसार औषधी, घरायसी सामग्री र लत्ता कपडाहरु पठाएको बताएका थिए।

परराष्ट्रमन्त्री खड्काले विश्वका जुनकुनै कुनामा रहेका जनतालाई अप्ठ्यारो पर्दा नेपालले मानवीय सहयोग पुर्याउन सामर्थ्य राख्ने बताएका थिए। अफगानिस्तानी जनतालाई सहयोग गरेसँगै नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढ्ने विश्वास उनले व्यक्त गरेका थिए।


प्रकाशित: Jan 16, 2022| 14:18 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...