आइतबार, साउन ३१, २०८३

आकाशमै हवाईजहाजको ढोका खुलेपछि‍‍‍...

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ। आकाशमै हवाईजहाजको ढोका खुलेपछि पुनः विमानस्थलमै फर्काइएको छ।

अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताए। यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ। ठाकुरले भने, ‘आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको छ। कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न टोली खटाइएको छ।’

बिहान १० बजेको उडानबाट पोखराका लागि प्रस्थान गरेको उक्त जहाजमा उडेको केही समयपछि प्राविधिक समस्या आएको थियो। सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउन लागिएको छ। 


प्रकाशित: Jan 16, 2022| 13:18 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।